दाङका एसपी जनक भट्टराई भन्छन्, ‘ लकडाउनका अवज्ञा गर्नेलाई समातेर मुद्धा चलाउने हो, उठवस गराउन पाइदैन’

दाङका एसपी जनक भट्टराई भन्छन्, ‘ लकडाउनका अवज्ञा गर्नेलाई समातेर मुद्धा चलाउने हो, उठवस गराउन पाइदैन’ 1

घोराही, चैत १२– दाङमा प्रहरीले लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई ‘ठाउँको ठाउँ कारबाही’ गर्न थालेको छ।

लकडाउनको पहिलो दिन अवज्ञा गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले बुधबार बिना काम घर बाहिर निस्किएका व्यक्तिलाई ‘उठबस’ गराएको छ।

SPONSORED

दाङका एसपी जनक भट्टराई भन्छन्, ‘ लकडाउनका अवज्ञा गर्नेलाई समातेर मुद्धा चलाउने हो, उठवस गराउन पाइदैन’ 2

घोराहीको मिलन चोकमा खटिएका प्रहरीले सडकमा आएका व्यक्तिलाई उठबस गराएको भिडियो सार्वजनिक भएको छ।

SPONSORED

दाङका एसपी जनक भट्टराई भन्छन्, ‘ लकडाउनका अवज्ञा गर्नेलाई समातेर मुद्धा चलाउने हो, उठवस गराउन पाइदैन’ 3

यता दाङका प्रहरी प्रमुख जनक भट्टराईले भने लकडाउन अवज्ञा गर्नेलाई उठबस गराउन नपाइने बताए। अवज्ञा गर्नेलाई पक्राउ गरेर मुद्दा चलाउन मातहतलाई निर्देशन दिएको उनले बताए।

SPONSORED

दाङका एसपी जनक भट्टराई भन्छन्, ‘ लकडाउनका अवज्ञा गर्नेलाई समातेर मुद्धा चलाउने हो, उठवस गराउन पाइदैन’ 4

उठबस गराएको भिडियोबारे उनले भने, ‘उठबस गराउन मिल्दैन । भिडियो छ भने मलाई पनि पठाउनुस् न।’दाङमा एक जनालाई प्रहरीले लक डाउनको अवज्ञा गर्नेलाई उठबस गर्न लगाएको थियाृ ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी जनक भट्टराईले उठबस गराउने प्रहरीलाई पनि कारबाही गर्ने बताएका छन्। उनले प्रहरीले लकडाउन अवज्ञा गर्नेलाई पक्राउ गरेर मुद्धा चलाउने कानुनि ब्यवस्था भएको,तर, लक डाउनमा बाहिर निस्केकालाई झापड र लाठी हान्ने नपाइने बताए । साथै उनले त्यस्ता प्रहरीलाई कारवाही हुने चेतावानि दिए ।