यो अवधि लम्बिन पनि सक्छ, संयम बसौं : मुख्यमन्त्री पोखरेल

यो अवधि लम्बिन पनि सक्छ, संयम बसौं : मुख्यमन्त्री पोखरेल 1
यो अवधि लम्बिन पनि सक्छ, संयम बसौं : मुख्यमन्त्री पोखरेल 2

१२ चैत, बुटवल । प्रदेश ५ का मुुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसविरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

SPONSORED

यो अवधि लम्बिन पनि सक्छ, संयम बसौं : मुख्यमन्त्री पोखरेल 3

बुुधबार मुुख्यमन्त्री कार्यालयबाट प्रदेशबासीलाई सन्देश दिदै उनले भने ‘कोरोनाविरुद्धको साझा लडाईलाई सबैले साथ दिऔं, यो अवधि (लकडाउन) लम्बिन पनि सक्छ ।’

SPONSORED

यो अवधि लम्बिन पनि सक्छ, संयम बसौं : मुख्यमन्त्री पोखरेल 4
मुख्यमन्त्री पोखरेलले सबै नागरिकले सरकारको निर्देशन पालना गरेर साथ दिएमा मात्र कोरोनाविरुद्धको लडाई जितिने बताए । उनले लकडाउनको अवस्थामा पनि जनतालाई भोकै मर्न नदिने प्रतिवद्धता जनाए ।

‘लकडाउनका सबै सेवा बन्द हुुदैनन् । खाद्यान्न स्वास्थ्य सेवा सुुरक्षासम्बन्धी सेवा जारी रहन्छन् त्यसैले सबै नागरिकले आफ्नै सुुरक्षाका लागि घरबाहिर ननिस्कनुुहोस्’ मुख्यमन्त्री पोखरेलले भने ।

SPONSORED

यो अवधि लम्बिन पनि सक्छ, संयम बसौं : मुख्यमन्त्री पोखरेल 5

बाहिरका मानिसहरुको आवतजावत रोक्न सके कोरोनाविरुद्धको लडाईं जितिने भन्दै मुख्यमन्त्री पोखरेलले संयम र आत्मविश्वासले लडाईं जितिने बताए ।

संक्रमित व्यक्तिलाई गाउँ र बस्तीमा जान नदिन सजकता आवश्यक रहेको बताउँदै उनले सरकारी आदेश पालना गर्न सबै नागरिक सचेत हुनुपर्ने बताए ।

कोरोना संक्रमितको उपचारका लागि प्रदेशमा चारवटा विशेष अस्पताल तयार रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

रुपन्देहीको बुुटवल धागो कारखानामा स्थापित अस्थायी कोरोना विशेष अस्पताल, भैरहवाको भीम अस्पताल र दाडको बेलझुुण्डी आयुर्वेदिक र बाँकेको क्यान्सर अस्पालललाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याउने मुख्यमन्त्री पोखरेलले बताए ।

प्रत्येक ठाउँमा आईसीयू विकास गर्न दुुई/दुुई करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रदेश ५ ले कोरोना रोकथाम कोषमा १० करोड, मन्त्रीहरुको एक महिनाको तलब र प्रदेशसभा सदस्यहरुको १५ दिनको तलब कोषमा जम्मा गर्ने भएको छ ।

मुख्यमन्त्री पोखरेलले भने ‘यो लडाइमा नागरिकको साथ र सहयोग चाहिन्छ । गाउँपालिकालाई २५ शय्या, नगरपालिकालाई ५० र उपमहानगरलाई १ सय शय्याको क्वारेण्टाइन बनाउन भनेका छौं ।’