घोराही, असोज २२ । दाङमा चलिरहेको जुवामा आपसमा विवाद हुँदा एक जना घाइते भएका छन् । मंगलवार जुवामा प्रहरीले छापा हान्न खोज्दा जुवाडेहरुको भागाभाग भयो भने अत्याधिक मदीरा सेवन गरेका केही जुवाडेहरु आपसमा लडे । घोराही १० नारायणपुरमा पेट्रोल पम्पदेखि भित्रतिर नजिकै भइरहेको जुवामा प्रहरीले छापा हान्न खोज्दा अत्याधिक मदिरा सेवन गरेका जुवाडेहरु आपसमा नै लडेका थिए । जुवाडेहरु आपसमा लड्दा घोराही ११ वर्ष २५ का लालबहादुर पुन घाइते भएका हुन् ।
पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जिल्ला प्रहरी प्रमुख एसपि जनक भट्टराइले प्रहरीले जुवा भइरहेको गोप्य सुचना पाएको र त्यहा प्रहरी छापा हान्न जानेक्रममा आपसमा लड्दा एक जना घाइते भई हाल उपचारमा रहेको जानकारी दिए । उनले दसैँ तिहारमा हुने जुवा प्रहरीले नियन्त्रण गर्ने भन्दै सम्भावित जुवा हुने ठाँउहरुमा प्रहरीको सर्च अभियान चलिरहेको पनि बताए । ‘जुवा भइरहेको सुचना पाएपछि हामिले प्रहरी पठायौँ, प्रहरीले जुवामा छापा हान्नेक्रममा जुवाडेहरु आपसमै लडेछन्, एक जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ’ । एसपि भट्टराइले सो घटनाको विषयमा अनुसन्धान भइरहेको पनि बताए । प्रहरीको रकेर्डमा पनि नारायणपुरमा यस अघि पनि जुवा हुने गरेको देखाउछ । गुन्डागर्दीमा संलग्न ब्यक्तिहरुले यसअघि जुवा खेलाउदै आएका थिए । जुवा खेलाउने पुरानो र नयाँ युवा गुण्डाहरुको ग्याङकै कारण सो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
SPONSORED
SPONSORED