घोराही, १६ फागुन । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि शुक्रबारबाट विधिवत रुपमा ४१ औँ शाखाको रुपमा दाङको तुलसीपुरमा नयाँ शाखा बिस्तार गर्दैछ ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा कार्यालय सञ्चालनमा ल्याउने बारे जानकारी दिन आज घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सिइओ विजयबहादुर शाहले नयाँ शाखा बिस्तार हुन लागेको जानकारी दिनु भयो । उहाँले समय सापेक्ष बिमालाई जनमुखी र सेवामुखी बनाउँदै लैजान वर्तमान प्रविधि प्रयोग गरेर नेपाल इन्स्योरेन्सलाई डिजिटाइजेशन गरिने बताउनु भयो ।
SPONSORED
SPONSORED
तुलसीपुरको यातायात कार्यालय नजिक शाखा कार्यालय स्थापना भएको छ । भोलि शुक्रबार बिहान ८ बजे हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि नेपाल इन्स्योरेन्स घोराही शाखाका शाखा प्रवन्धक राजेशदाश श्रेष्ठले सबैमा आग्रह गर्नु भएको छ ।
SPONSORED
कम्पनिको शाखा कार्यालय उद्घाटन नेपाल विमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँ, इन्स्योरेन्स कम्पनिका अध्यक्ष अर्जुन शर्मा पौडेल, सिइओ विजयबहादुर शाहले संयुक्तरुपमा गर्ने हुनु भएको छ । यसअघि आज आयोजित पत्रकार सम्मेलनमा इन्स्योरेन्स कम्पनीका सिइओ शाहले बिमाको महत्व आम नागरिकमा झल्काउन र सेवालाई थप प्रभावकारी बिमा कम्पनी सशक्त भूमिकामा उत्रिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।