घोराही, २७ पुस
घोराहीमा न्यू देउराली दोहोरी साँझ सुरु भएको छ । घोराहीमा सञ्चालनमा रहेको देउराली दोहोरी साँझ नयाँ व्यवस्थापनकासाथ न्यू दोहोरी साँझको नाममा सञ्चालनमा आएको छ ।
SPONSORED
तुलसीपुर चोकदेखी पश्चीमतर्फ रहेको दोहोरी साँझको शुक्रवार उद्घाटन गरिएको छ । दोहोरी साँझको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले गरेका हुन् ।
SPONSORED
साँझको उद्घाटन गर्दै डाँगीले दोहोरी साँझले कला संस्कृतिको संरक्षण गरेको बताउनुभयो । उहाँले समाजमा दोहोरी साँझ पारिवारिक वातावरणमा सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
SPONSORED
सञ्चालक कमला पुनको अध्यक्षता एवं दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शीतल, लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका अध्यक्ष प्रेम शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सञ्चालक बेदु मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रामसिंह बिकले गर्नुभएको थियो ।