मुखमा बाजा बोकेर हिड्ने निश्चलको ईन्टरनेशनल विट बक्सर बन्ने सपना

मुखमा बाजा बोकेर हिड्ने निश्चलको ईन्टरनेशनल विट बक्सर बन्ने सपना 1

घोराहीका निश्चल न्यौपाने अहिले चर्चामा छन् । उमेरले १४ वर्षका निश्चल मुखबाट विभिन्न बाजाका धुनहरु निकाल्ने अदभुत कलाका कारण उनि अहिले चर्चामा छन् । आफ्नो मुखबाट विभिन्न सांगीतिक धुन निकाल्न सक्ने कलालाई म्युजिक बिट बक्स भनिन्छ । निश्चलले दाङमै पहिलो पटक विट बक्सको कार्य सुरु सुरुवात गरेका छन् भने देशमै यस्ता कलाकारहरु दुर्लभ छन् ।

मुलतः यो कला बाह्य मुलुकहरुमा बढि प्रचलनमा आएको देखिन्छ । विट बक्स नेपालमा खासै प्रचलनमा छैन । विश्वमै यसको सुरुवात भर्खर देखि भएको हो । सन् २०१३ देखि अष्ट्रेलियाबाट सुरु भएको यो विट बक्स नेपालमा पनि भित्रिएको छ । र यो दाङमा निश्चल न्यौपानेले सुरुवात गरेका छन् ।

SPONSORED

मुखमा बाजा बोकेर हिड्ने निश्चलको ईन्टरनेशनल विट बक्सर बन्ने सपना 2

संगितप्रति मोहक निश्चलले फरक बिधालाई सशक्त रुपमा अंगिकार गरेका छन् । मुलतः पप प्याटर्नका गीतहरुमा प्रयोग हुने बाजाको धुन उनले मुखबाट दुरुस्तै निकाल्न सक्छन्, त्यो पनि एकै पटक थरीथरीका बाजाको धुन मिसाएर गीतको ट्रयाक नै बाट तयार पारिदिन्छन् । एकै पटकमा ७ वटा सम्मा बाजाका धुनहरु बजाउने गरेको निश्चलले बताए । निश्चलले गएको भदौ देखि मात्रै यो कला अभ्यास गर्न थालेका हुन् । तर छोटो समयमै उनले यो कलामा राम्रो विकास गर्न सके ।

SPONSORED

मुखमा बाजा बोकेर हिड्ने निश्चलको ईन्टरनेशनल विट बक्सर बन्ने सपना 3

‘नेपालमा कसै कसैले विट बक्समा काम गरेका छन् । तर प्रगती भएको जस्तो लाग्दैन ।’ निश्चलले भने, ‘दाङबाट मैले सुरुवात गरेको यो विट बक्सको कला देशभर र देश बाहिर समेत पु¥याउन सके सिंगो नेपाललाई फाईदा हुन्छ ।’ निश्चलले युट्युवबाटै यो कला सम्वन्धी ज्ञान लिएको वताउँछन् । ‘मलाई पहिले देखिनै यो कला धेरै मन पथ्र्यो ।’ निश्चल भन्छन् ‘विस्तारै मलाई पनि यस्तै कलाकार बन्न मन लाग्यो र प्रयास गर्दै जान थालेको हुँ ।’

SPONSORED

मुखमा बाजा बोकेर हिड्ने निश्चलको ईन्टरनेशनल विट बक्सर बन्ने सपना 4

तथापी उनको यो अभ्यासका बारेमा पहिले घर परिवारलाई समेत थाहा थिएन । ‘मुखबाट बाजाका धुन निकाले जस्तो त गरिरहन्थ्यो, अँझ मैले के गरेको भनेर गाली पनि गर्थेँ ।’ उनका बाबु निकुन्ज न्यौपानेले भने ‘दिनदिनै मुखबाट के के आवाज निकालिरहने गथ्र्यो ।’ बाबु निकुन्जलाई त्यति बेला थाहा भयो, जतिबेला निश्चल अध्ययनरत विद्यालयमा सांस्कृतिक कार्यक्रमको आयोजना भयो र निश्चल यो प्रस्तुतीका लागि स्टेज उक्लिए ।

‘बिद्यालयमा कार्यक्रम थियो, म पनि गएको थिएँ’, निकुन्ज भन्छन् ‘स्टेजमा छोराको नाम लिएर प्रस्तुती राख्ने भनिएपछि म अचम्म परेँ, तर उसले मुखबाट बाजाको धुन निकालेर मलाई मात्रै हैन, सबैलाई चकित पारिदियो ।’ आफ्नै बिद्यालयको कार्यक्रमबाट कलाकारका रुपमा सार्वजनिक भएका निश्चल अहिले विभिन्न स्टेज कार्यक्रममा बोलाईन थालेका छन् ।

अध्ययनसंगै कलाकारीतामा समेत सकृय बनेका निश्चल बिट बक्सका ओस्ताद बन्दै छन् । उनको यो कलाकारीताका लागि परिवारले पनि सहयोग गर्दै आएको छ । ‘म ईन्टरनेशनल विट विक्सर बन्ने योजना छ, यो नयाँ कुरा हो र यसमा धेरै सम्भावनाहरु छन् ।’ निश्चलले भने ‘यो एउटा संगीतको पार्ट हो, केहि समय पहिले ¥याप संगीत प्रचलनमा थिएन, अहिले यो स्थापित भएको छ । विट बक्सबाट पनि राम्रो नाम कमाउन सकिन्छ ।’

छोराको कला र सिपबाट अभिभावक पनि सन्तुष्ट देखिन्छन् । ‘अध्ययनसंगै कलाकारीतालाई पनि अगाडी बढिरहेको छ ।’ बाबु निकुन्ज भन्छन् ‘कला सृजनाका लागि उसले देखाएको ईच्छालाई पुरा गर्नका लागि प्राविधीक कुराहरुको जोरजाम गरिदिएको छु ।’

आफ्नो कला प्रस्तुत गरेको केहि समय मात्रै भएको छ । ‘मैले गएको भदौ देखि विट बक्सको अभ्यास गरेका थालेको हँु ।’ निश्चलले भने, ‘भाईले एक दिन युटयुवमा मलाई यसको बारेमा देखायो, मलाई रहर लाग्यो र अभ्यास गर्दा गर्न सक्छु भन्ने आँट आयो र अहिले राम्र्रै भैरहेको छ ।’ यो कला हेरेर निश्चललाई धेरैले राम्रो मान्ने गरेका छन् ।