गायन क्षेत्रमा छुट्टै पहीचान छोड्न सफल तथा स्थापित लोक तथा आधुनिक गायिका पारु रञ्जित

गायन क्षेत्रमा छुट्टै पहीचान छोड्न सफल तथा स्थापित लोक तथा आधुनिक गायिका पारु रञ्जित 1

गायन क्षेत्रमा छुट्टै पहीचान छोड्न सफल तथा स्थापित लोक तथा आधुनिक गायिका पारु रञ्जित 2

काठमाडौ । कर्मथलो काठमान्डौ बनाएकि पारु रञ्जित कलाकारीताको क्षेत्रमा अरुभन्दा आफुलाई अब्वल छिन् ।

SPONSORED

गायन क्षेत्रमा छुट्टै पहीचान छोड्न सफल तथा स्थापित लोक तथा आधुनिक गायिका पारु रञ्जित 3

गायन क्षेत्रमा छुट्टै पहीचान छोड्न सफल तथा स्थापित लोक तथा आधुनिक गायिका पारु रञ्जित 4सानै उमेरदेखी गायन क्षेत्रमा रुचि राख्दै आएकि पारु अहिले चर्चीत कलाकारहरुको पङ्त्तिमा आफ्नो नाम उभ्याउन सफल भएकि छिन् । गाँउ घरमा र विद्यालयमा नै गायन क्षेत्रमा रुचि राख्दै आएकि पारु अहिले नाम चलेको कलाकारकोरुपमा स्थापित भइसकेकी छिन् । उनले आफ्नै स्वरमा थुप्रै गितहरु बजारमा ल्याएकि छिन् । उनले आफ्नै स्वरमा हिउ जस्तै सफा मन, कस्कि हौँ छोरी, यो पिर ब्यथा लगायत धेरै  लोक तथा आधुनिक गितहरु बजारमा चर्चामा छन् । त्यस्तै गएको तिजमा तिजको लहर अमेरीका सम्म, रातो सारीले वोलको गित पारुको चर्चामा थियो । उनको अझै थुप्रै गितहरु बजारमा आउन वाँकि रहेका छन् ।

SPONSORED

गायन क्षेत्रमा छुट्टै पहीचान छोड्न सफल तथा स्थापित लोक तथा आधुनिक गायिका पारु रञ्जित 5

गायन क्षेत्रमा छुट्टै पहीचान छोड्न सफल तथा स्थापित लोक तथा आधुनिक गायिका पारु रञ्जित 6निरन्तरको साधना र परीश्रमले आफु यहाँसम्म आइपुगेको बताउने पारुलाई अहिले स्टेज कार्यक्रममा पनि भ्याइ नभ्याई छ । काठमान्डौमा बुटिक पसलसमेत आफै गर्दै आएकि पारु गायन क्षेत्रमा आफ्नो सानैदेखीको रुचिको क्षेत्र भएको बताइन् । ‘मेरो सानैदेखीको रुचिको क्षेत्र गायन हो, आफ्नो स्वरमा गित बजारमा पहिलोपटक ल्याउदा म साह्रै खुसि थिए–उनले पुरानो अनुभव सुनाउदै भनिन्–अहिलेपनि साधना, संगितमा जुटीरहन्छु, बुटीक पसल आफै गर्दा भनेजसरी यो क्षेत्रमा समय निकाल्न सकेको छैन, फुर्सदको समय निक्लियो कि कला, संगितको क्षेत्रमा समय मिलाउछु’ । सबैको सहयोग, मायाँ, स्नेह भएर नै यो क्षेत्रमा सफल हुँदै गएको भन्दै यो क्षेत्रमा लागेर आफु सन्तुष्ट रहेको पनि उनले सुनाइन् । ‘

SPONSORED

गायन क्षेत्रमा छुट्टै पहीचान छोड्न सफल तथा स्थापित लोक तथा आधुनिक गायिका पारु रञ्जित 7

गायन क्षेत्रमा लागेर म सन्तुष्ट नै छु, किनकी यो मेरो रुचिको क्षेत्र हो, अहिले पनि मलाई श्रीमान, घरपरीवार, आफन्तजन, स्ष्टमित्रवाट गायन क्षेत्रमा अघि बढ्न प्रेरणा, उत्साह दिइरहनुहुन्छ, म खुसि छु–डिजाइनिङ क्षेत्रमा समेत आफ्नो लामो अनुभव सुनाउदै भनिन्–दुवै पेशालाई समय दिइरहेको छु, आफैमा चुनौतिपुर्ण काम भएपनि मैले पेशामा रमाएर नै काम गरीरहेकी छु ।’ आफै पनि डिजाइनिङमा पोख्त रहेकी पारु बुटिक पसलका कारण चाहेर पनि स्टेज प्रोग्राममा जान नपाएको बताउछिन् । ‘सबैले मायाँ गर्नुहुन्छ, वोलाउनुहुन्छ, बुटिक पसल आफ्नै भएकाले गायन क्षेत्रमा सोचेजति समय दिन सकिरहेको छैन, जति दिएको छु, त्यो पर्याप्त छैन–उनले भनिन्–कला क्षेत्रमा देखीएका विकृति विसङ्गति हटाउन कलाकर्मिहरु आफै लाग्नुपर्ने हुन्छ, पछिल्लो समयमा अंग प्रदर्शनलाई बढि जोड दिएको देखीन्छ, अव हामि सबैले अंग प्रदर्शन भन्दा पनि आफ्नो क्षमता, दक्षताले अघि बढ्नुपर्छ भन्ने शन्देश दीन जरुरी छ’ । उनले भनिन्–मैले सबै गित गाँउछु, त्यसमा आधुनिक लोक गितहरु धेरै गायकी छु।’

उनी सम्झीन्छिन्–गाँउ घरमा कतै वाजा वज्यो कि म गइहाल्थे हेर्न, अनि विस्तारै त्यहादेखी सुरुवात मेरो यात्रा अहिलेसम्म गायन क्षेत्रमा चलिरहेको छ’ । गायन क्षेत्रमा उनको चर्चा यो क्षेत्रमा बढेको छ । हेर्दा पनि राम्री शितल पारु गायन क्षेत्रका लागि जन्मिएको उनका आफन्त र प्रशंशकहरुले भन्ने गर्दछन् । डिजाइनिङ क्षेत्रमा अध्ययन पुरा गरेकि पारु अहिले गायन क्षेत्रमा वलियोरुपमा जमेकि छिन् । उनलाई गायन क्षेत्रमाअगाडि बढ्न श्रीमानले पनि पूर्णरुपले साथ दिएका छन् । उनले भनिन्–मलाई घर परीवारवाट पुरै सहयोग मिलेको छ, मेरो श्रीमानले गायन क्षेत्रमा अघि बढ्न निरन्तर साथ दिदै आउनु भएको छ, हौसला दिनुहुन्छ
। ।
सामाजिक सेवामा पनि समर्पित हुन चाहने पारु समाज सेवालाई पनि अगाडि बढाउने योजनामा छिन् । सबैको साथ सहयोगले यहाँसम्म आएको बताउने उनि बोली व्यवहारमा पनि राम्रो भएका कारण उनीसँग साथीभाइहरु एकैछिन्मा घुलमिल हुन सक्छन् ।

क्षमता र पौरखले गायन क्षेत्रमा स्थापित हुने उनको सोँच छ । उनले विभिन्न अवार्डसमेत जितिसकेकी छिन् ।