सन्तोष अधिकारी
दाङ, १३ चैत ।
दाङको कोइलाबासमा पिउने पानीको समस्याहुन थालेको वर्षौ भैसक्दा पनि अहिलेसम्म सभाधानको बाटो खोजीएको छैन । गर्मि समयमा पानीका मुहानहरु सुक्ने हुँदा त्यहाँ सधै पानीको समस्या हुने गर्दछ । पानीको समस्या समाधानका लागि प्रयास भने नभएका होईनन् । भुमिगत जलस्रोत कार्यालय लमहिले प्रत्येक वर्ष कोईलावासका लागि वजेट छुट्टायपनि अहिले सम्म समस्या ज्युँ का त्युँ छ ।
लमहि बजारदेखी ३३ किलोमिटरको दुरीमा रहेको कोईलावासमा अहिले भारतीय सुरक्षाबल एसएसवीले दिएको पानी पिउनुपर्ने वाध्यता रहेको छ । एसएसविले बिहान र साँझको एक एक घण्टा पानी दिईरहेको स्थानीयहरु बताउछन् । ब्यापारीक केन्द्र हुँदा मानिसहरुको चहलपहल हुनुको साथै पानीको पनि समस्या हुदैनथ्यो तर मानिसहरुको आवतजावत पनि कम भयो पानी पनि आउन छोड्यो भन्छन् स्थानीय खालीक सिद्धिकि । अहिले स्थानीयवासी देखी त्यहाँ रहेका सरकारी कार्यालयका कर्मचारीहरु तथा सुरक्षाबल समेतले पिउने पानीको लागि भारतको भरमा बस्नु पर्ने बाध्यता रहेको छ । कुनै समयमा नेपालका प्रमुख भन्सारको रूपमा परिचीत दाङको कोइलावासमा पानीको समस्या समाधानका लागि कसैले ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । त्यहाँ रहेको एसएसबीलाई नेपालको बिद्युत निशुल्क रुपमा दिने र एसएसबिले पनि निशुल्क रुपमै पिउने पानी दिदै आएको सशस्त्र सिमा सुरक्षाबल कोईलावासका प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिए ।
प्रत्येक वर्ष नाका बासीहरुलाई पिउने पानीको लागि भारतको शरणमा पर्नुपर्ने बाध्यता रही आएको छ । कोइरालाबासका लागि पिउने पानीको मुख्य स्रोत मानिएको कोइलाबास खोला सुके पछी स्थानीयबासीहरुलाई पानीको समस्या भएको हो । खोलाबाट अव्यवस्थीत रुपमा ढुङ्गाजन्य बस्तुको उत्खनका कारण पानीको सतह सुक्दै गएको स्थानीयहरु बताउछन् । बर्षायाम देखी पछीको ५ महिना सम्म कुवामा पानी भए पनि गर्मियामको ४ महिना पिउने पानीका लागि एसएसबि कहाँ पुग्नुपर्ने बाध्यता रही आएको छ । दुवैतिरवाट समझदारी भएको छ, यतावाट बत्ती दिने उतावाट पानीदिने, यस्तै चलेको छ भन्छन् स्थानीयबासीे मोहम्मद अलि । कुवा संगै खोलाहरुमा पानी सुक्न थाले पछी फागुनदेखि भारतको पानी ल्यायर खाने गरेको उनले बताए ।
गाउँमा भएका कुवा पधेरोहरु सुक्न थाले पछी खानेपानी, कपडा धुन तथा नुहाउनको लागि समेत दुख रहेको अलीले बताए । “एसएसबीले दिएको पानी बोकेर ल्याउनुपर्छ टाढाबाट धेरै बोक्न सकिदैन समस्या छ हजुर” अलीले भने । कोईलावास खोलाबाट अनियंत्रित रूपमा ढुङ्गाहरु निकाल्नुका साथै सिमामा रहेको बाँध भत्कदा खोला गहिरीएकोले पानीको समस्या भएको उनले बताए । पानीको समस्याको दिर्घकालीन समस्या समाधानका लागि अहिले चुरे संरक्षण कार्यक्रम अन्तरगत आएको बजेटले वोरीङ खन्ने तयारी भैरहेको गढवा गाँउपालीका ८ अध्यक्ष सद्दाम सिद्धिकिले जानकारी दिए । अहिले सम्म धेरै पटक वोरीङ खन्ने काम भयो तर कमिसनको चक्करमा पानी ननिस्कीएको भन्दै छोडेकोले पानीको समस्या भएको अध्यक्षको भनाई छ ।
अन्तीम पटक म आफै लागेर बोरीङ खन्ने काम गर्दै छौ हेरौ पानी निस्किएला ननिस्किएमा विकल्पको रुपमा कोईलावास खोलाको मुहानमा हाई ड्याम बाँधेर पानी प्रसोधन गर्ने सोच बनाएको अध्यक्ष सिद्धिकिले बताए ।
SPONSORED