कृषिमा आत्मनिर्भर बन्न पकेट क्षेत्रको विकास

कृषिमा आत्मनिर्भर बन्न पकेट क्षेत्रको विकास 1

कृषिमा आत्मनिर्भर बन्न पकेट क्षेत्रको विकास 2बिमला घर्ती
घोराही, ७ माघ । दाङमा उत्पादन हुने प्रमुख बालीको पकेट क्षेत्र विकास गरी जिल्लाको पहिचानसँग जोड्न कृषि विकास कार्यालय घोराही उपमहानगरपालिका शाखाले काम सुरु गरेको छ । पहिचानका बालीको विकास गरी कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा टेवा प¥याउने उद्देश्यले कार्यालयले योजनामार्फत कार्यक्रमहरु लागू गर्न लागेको हो ।

जस अन्तर्रगत घोराही उपमहाँनगरपालिकाका बिभिन्न क्षेत्रमा कृषि जन्य उत्पादनका लागि पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । कृषि कार्यालयको साखाले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा प्रधानमन्त्रि कृषि आधुनिकीकरण अन्तरगत उपमहानगरपालिकाले पकेट क्षेत्रको रुपमा विकासका लागि ८४ लाख रुपैयाँ बजेट बिनियोजन गर्ने भएको हो ।

SPONSORED

कृषिमा आत्मनिर्भर बन्न पकेट क्षेत्रको विकास 3

कृषि क्षेत्रको विकासका लागि उपमहानगर क्षेत्र भित्रका २८ वटा स्थानमा वालीको पकेट क्षेत्र घोषना गरिएको छ । दाङको घोराही उपमहानगरपालिका क्षेत्र भित्र उत्पादन हुने तरकारी, धान खेती, मकै खेती मौरी पालन, च्याउ, हिउँदे फलफूल, अदुवा (बेसार (मसला बाली), आलु लगायतका बालीलाई पहिचानका बालीका रुपमा विकास गरिने बरिष्ठ कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले जानकारी दिनुभयो ।

SPONSORED

कृषिमा आत्मनिर्भर बन्न पकेट क्षेत्रको विकास 4

जसमा सवै प्रकारका कृषि उत्पादनका लागि पकेट क्षेत्रको रुपमा घोषना गरिएको छ । उहाँका अनुसार कृषि समुह तथा फर्महरुलाई तीनलाख रुपैँया अनुदान दिईने भएको छ, भने कृषि फर्म तथा समुहको तिन लाख गरी छ लाख रुर्पैँयाको लागतमा प्रत्येक समुहलले सो स्थानमा कषि उत्पादनका लागि पकेट क्षेत्रको रुपमा विकास गर्ने छन् ।

SPONSORED

कृषिमा आत्मनिर्भर बन्न पकेट क्षेत्रको विकास 5

उत्पादनको प्रचुर सम्भावना भएका बालीहरुको प्रवद्र्धन गर्ने र व्यावसायिक उत्पादनका लागि किसानलाई प्रोत्साहित गर्ने उद्देश्यअनुरुप बाली विकासका कार्यक्रमहरु सञ्चालन गर्न लागिएको हो । कृषि पेसाको प्रवद्र्धन गर्न सके र यसलाई पर्यटन विकाससँग जोड्न सके स्थानीय नागरिकले प्रशस्त फाइदा लिन सक्ने अवसर भएको अधिकृत पोख्रेलको भनाइ छ । कृषि उत्पादनको दृष्टिले दाङ उर्वर क्षेत्र रहेकाले बाली विकास कार्यक्रमले थप उत्पादनमा वृद्धि ल्याउने र जिल्लामा रहेको खाद्यन्न अभावलाई पनि कम गर्न मद्धत पुग्ने विश्वास लिइएको छ ।

पकेट क्षेत्रका लागि उत्पादन गर्ने समुह तथा सरकारीले तरकारी, धान तथा कमै खेतीका लागि १० हेक्टर क्षेत्रफलमा उत्पादन गर्नुपर्ने, माछाको पकेट क्षेत्रको लागि १० हेक्टर क्षेत्रफल, माहुरीको पकेटका लागि पाँच सय गोला सहितको घार, च्याउमा एक हजार प्योकट बीउको च्याउ खेती गर्नुपर्ने जानकारी दिईएको छ ।

जसमा घोराही उपमहानगरपालिका वडा नम्बर पाँच, १७, छ, १८, १९, १६, १२ मा तरकारी खेतीको पकेट क्षेत्र, वडा नम्बर १४, १२, १५, १३, एकमा मौरी पालन पकेट क्षेत्र, वडा नम्बर पाँचको तीन स्थानमा मत्स्य पालन, वडा नम्बर १६ को दुर्य स्थान तथा १७ र १८ मा च्याउ उत्पादन, वडा नम्बर १२ मा मकैको पकेट क्षेत्रको रुपमा विकास गरिने भएको हो ।

त्यस्तै आलुको लागि पनि यस क्षेत्र उर्वर मानिने हुँदा यहाँको आलुलाई बिउको रुपमा विकास गरि अन्यत्र जिल्लामा विस्तार गर्ने लक्ष्य रहेको कार्यालयको भनाइ छ । अहिले जिल्लामा आलुको भण्डारणका लागि भण्डारण केन्द्र पनि निर्माणाधीन अवस्थामा रहेको छ ।

राप्ती पोष्टबाट