घोराही, ८ पुस
दाङको शान्तिनगरमा जारी रहेको माघी विशेष साँस्कृतिक महोत्सवको आज दोस्रो दिन गायिका ज्योति मगरले आफ्नो प्रस्तुती राख्नुभएको छ । हिजो उद्घाटन गरिएको महोत्सवमा आज गायिका एवं मोडल ज्योति मगरले आफ्नो प्रस्तुती राख्नुभएको हो ।
नवजागरण नेपाल र डिटेन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको महोत्सवले पश्चिम दाङको विकासमा भुमिका खेल्ने अपेक्षा गरिएको छ । शान्तिनगर—५ रगैजामा जारी महोत्सवमा स्थानीयबासीको सहभागीता उल्लेख्य रहेको जनाइएको छ ।
SPONSORED
महोत्सवमा भोली गायक खुमन अधिकारीले आफ्नो प्रस्तुती राख्ने कार्यक्रम रहेको महोत्सव संयोजक भुपेन्द्र कवरले जानकारी दिनुभएको छ । पुस १० गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय थारु भाषा, कला र सस्कृति पनि प्रस्तुत गरिने साँस्कृतिक संयोजक रोहन पुनले जानकारी दिनुभएको छ ।
SPONSORED
SPONSORED